काठमाडौं । ढुंगेअड्डामा अनियन्त्रित ट्रकले एकै पटक १२ सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सोमबार साँझ थानकोटबाट कंलकीतर्फ आउँदै गरेको ना. ६ ख २८७१ नम्बरको ट्रक अनियन्त्रित भई गुडिरहेको आठ गाडी, तीन मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा चितवन टाँडी घर भएका गोंगबु बस्ने ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको जानकारी महानगरीय प्रहरी परिसर टेकुका प्रकक्ता डीएसपी होबिन्द्र बोगटीले दिए ।
उनका अनुसार ट्रकले बा. ११ च १२४८ नम्बरको गाडी, बा. २ झ नम्बरको स्करपियो गाडी, बा.२ झ ३२१६ नम्बरको गाडी, बा.१ झ ८१४९ नम्बरको ट्याक्सी, बा.३ ख नम्बरको मिनीबस, बा.८४ प नम्बरको स्कुटर, बा.७७ प ८०२१ नम्बरको मोटरसाइकल, बा.६१ प २०२८ नम्बरको मोटरसाइकल, बा. ७३ प ८७७३ नम्बरको मोटरसाइकल, लु. ६ ख ९९९८ नम्बरको कार र बा.९३ प ९५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीले ट्रक चालक सर्लाही बरथहवाका वीरेन्द्रकुमार शाहलाई नियन्त्रणमा लिएको छ । घाइते सातजनाको कंलकीस्थित शहिद मेमोरियल अस्पतालमा र एक जनाको वीरको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खन्नपूर्ण पोष्ट दैनिकबाट ।










प्रतिक्रिया दिनुहोस्