काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६महिनामा नेपालमा उत्पादित बियरबाट साढे १३ अर्ब रुपैयाँ भन्दा बडी अन्त :शुल्क संकलन गरेको छ ।
पुस मसान्तसम्ममा आन्तरिक उत्पादनतर्फ ५० अर्ब ७२ करोड रुपैंयाँ अन्त :शुल्क संकलन गरेको हो । यो परिमाण गत आवको सोही अवधिको तुलनामा ४८.८५ प्रतिशत बढी हो ।
अघिल्लो आवको ६ महिनामा सरकारले देशमै उत्पादन भएको बियरबाट ९ अर्ब १६ करोड रुपैयाँ अन्त :शुल्क संकलन गरेको थियो ।
सरकारले बियरबाट अन्तः शुल्क बढाउनुका साथै उत्पादन र खपत पनि बढेकाले अन्त : शुल्क बढी उठेको आन्तरिक राजस्व विभागमा सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले बताए ।
कारोबार










प्रतिक्रिया दिनुहोस्