सिन्धुलीमा कोरोना संक्रमण घटेसँगै कमलामाईमा भक्तजनको घुइँचो « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


सिन्धुलीमा कोरोना संक्रमण घटेसँगै कमलामाईमा भक्तजनको घुइँचो


78
Shares

सिन्धुली ।ओमिक्रोन भेरिएण्टको संक्रमणदर घटेसँगै सिन्धुलीको ऐतिहासिक शक्तिपीठ कमलामाई स्थानमा पुजा गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ ।

हिउँद लागेसँगै कमलामाई स्थानलाई गरेको भाकल दिने र वनभोज जानेको संख्या दैनिक रुपमा बढेको छ । पुजा आराधना गरी पाठी, बोका, परेवा, हाँस, कुखुरा, परेवाको बली चढाएर कमलामाईको भाकल बुझाउँदा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।

करिब एक हजार ३० वर्ष पहिले स्थापना भएको विश्वास गरिने कमलामाई स्थान ऐतिहासिक सिन्धुलीगढीसँग समेत सम्बन्धित मानिन्छ ।

वि.स.१९०० पछि सिन्धुलीगढीमा वहाल रहेका वडाहाकिमहरुले कमलामाई स्थानमा विभिन्न भौतिक संरचनाहरु निर्माण गरेर तथा विभिन्न सर–सामानहरु चढाएर सघाएको इतिहास छ ।