Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


कम्युनिष्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव: १५ किलोको केक, जन्मोत्सव मनाउन सार्वजनिक बिदा


0
Shares

काठमाडौं । कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९ औं जन्मोत्सव राजसी ठाँटले मनाएका छन् ।

सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केक काटे, करिब ६ हजारलाई भोज खुवाए ।

सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले त ओलीको जन्मोत्सव मनाउन सार्वजनिक विदा नै दियो ।

जन्मोत्सव मनाउन प्रधानमन्त्री ओलीले आफ्नै पहलमा पार्टी नेता–कार्यकर्ताका लागि बनाएको आचारसंहिताको समेत उल्लघंन गरेका छन् ।

गत ५ माघमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जन्मदिवस, पास्नी, ब्रतबन्धजस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सिमित राख्न र तडकभडक नगरी मितब्ययिता अपनाउन नेता–कार्यकर्तालाई आचारसंहिता जारी गरेका थिए । नयाँ पत्रिका दैनिकबाट