काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरसँगै जुध्न सरकारले पछिल्लो ६ महिनामा करिब १०अर्ब रुपैयाँ खर्च गरेको छ । कोराना संक्रमण रोकथाम,नियन्त्रण र उपचारमा सरकारले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ९अर्ब ६९ करोड २५ लाख रुपैयाँ खर्च गरेको हो । गत आर्थिक वर्षमा भने यो शीर्षकमा १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको थियो ।
अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालू आवको अर्धवार्षिक समिक्षा प्रतिवेदन अनुसार आवको ६ महिनामा सबै भन्दा बढी संघीय सरकाले खर्च गरेको छ । यो अवधिमा संघीय सरकारले कोरोना रोकथामा ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । यसैगरी प्रदेश सरकारले १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ र स्थानीय तहले ६६ करोड ६ लाख रुपैयाँ खर्च गरेको देखिन्छ ।
कारोबार










प्रतिक्रिया दिनुहोस्