काठमाडौं, साउन २३ । भूकम्पपछि पुनर्निर्माणको जिम्मेवारी लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैँ नेतृत्वविहीन हुँदा पुनर्निर्माणको काम थप प्रभावित बन्दै गएको छ ।
वर्तमान सरकारले पूर्ववर्ती शेरबहादुर देउवा सरकारको पालामा नियुक्त भएका पदाधिकारीहरु हटाउने क्रममा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पनि परेपछि प्राधिकरण झण्डै डेढ महिनायता नेतृत्वविहीन अवस्थामा छ ।
प्राधिकरण नेतृत्वविहीन हुँदा कार्यकारिणी समितिमार्फत हुनुपर्ने सबै निर्णय प्रभावित बनेको प्राधिरण स्रोतले बतायो । पछिल्लो समयमा समितिको बैठक नै बस्न सकेको छैन ।
हाल प्राधिकरणको काम सचिव अर्जुनकुमार कार्कीको भरमा चल्दै आएको छ । –राजधानी दैनिकबाट




प्रतिक्रिया दिनुहोस्