Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


अझै नयाँ दल दर्ता गर्न पाइने


104
Shares

काठमाडौं । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ ।

राजनीतिक दलको दर्ता कायम राख्दै उनीहरूलाई दलको मान्यता दिने सरकारी निकाय निर्वाचन आयोगमा हाल १ सय ५ दल दर्ता छन् । आयोगमा दर्ता भएका र आयोगले तोकेको मापदण्ड पूरा गरेका दलहरूले मात्रै निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।

आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामासमेत दल दर्ता जारी रहने बताएको हो । आयोगका अनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित हुनुअघिसम्म नयाँ दल दर्ताका लागि निवेदन दिने दलहरूले निर्वाचनमा भाग लिन पाउने भनेको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले दल दर्ता एकदिन पनि नरोकिने जानकारी दिए । ‘दल दर्ता एक दिन पनि रोकिँदैन तर निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना जारी भएपछि नयाँ दर्ता हुने दलले भने तत्कालै हुने निर्वाचनमा भाग लिन पाउँदैनन्, सूचना प्रकाशित हुनुअघिसम्म दर्ता कायम भएका दलहरूले भने निर्वाचन प्रयोजनका लागि प्रकाशित सूचनाअनुसार पुनः दर्ता भएर निर्वाचनमा सहभागी हुन पाउँछन्,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने ।

राजधानी