काठमाडौं । जडीबुटी टिप्न गएका जुम्लाको तातोपानी गाउँपालिका–७ र ८ का बासिन्दा हिमपात भएपछि पाटनमा फसेका छन् ।
झन्डै दुई साताअघि सेतक चिनी टिप्न गएका ३४ जना हिउँमा फसेका हुन् । उनीहरू तातोपानीको गाग्रा, एडिओडार र खोटीसल्लामा छन् । पाटनबाट फर्किने क्रममै भएको भारी हिमपातमा परी चिसोले दुई जनाको मृत्यु भएको छ ।
भारी हिमपातका कारण जुम्लाको तातोपानी–८ का पाटनमा फसेका गाउँले । तस्बिर सौजन्य स् शरतबहादुर शाही
पाटनमा सेतक चिनी ९खिरौलो० संकलन गर्न गएका तातोपानी–७ बारगाउँका ४६ वर्षीय मुन रावत र ८ की ३७ वर्षीया देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
जुम्ला र जाजरकोटको सीमाको धर्मशालामा अलपत्र परेका दुई जनाले भने आफूहरू सुरक्षित रहेको भन्दै खबर गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जडीबुटी टिप्न गएका झन्डै ५५ जना हिउँमा फसेको खबर पाएपछि कर्णाली प्रदेश सरकारले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।
तर अवतरण गर्ने ठाउँ नभएपछि खानेकुरा खसालेर फर्किएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढाथापाले बताए ।
हिउँमा फसेकालाई चिउरा, दालमोठ र चाउचाउलगायत खानेकुरा खसालिएको छ । ‘पाटनमा धेरै हिउँ भएकाले हेलिकोप्टर बस्न सकेन,’ उनले भने, ‘उनीहरूका लागि कम्तीमा २र३ दिन पुग्ने खाद्यान्न खसालिएको छ ।
’ हिउँमा फसेकाहरूलाई गाउँ ल्याउनका लागि २र३ दिन अझै कुर्नुपर्ने देखिएको उनले बताए ।
हिमपातले लेकमै फसेकाहरू रहेको पाटन गाग्रा, एडिओडार र खोटीसल्लामा झन्डै ४ फिट हिउँ जमेको अनुमान छ ।
गाउँलेहरू दुई साताअघि सेतक चिनी संकलनका लागि पाटन क्षेत्रमा गएको जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।
कान्तिपुर










प्रतिक्रिया दिनुहोस्