Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु


247
Shares

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तर्गतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांकन फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई भनिएको छ ।

सशस्त्र प्रहरीमा हाल साधारण उपसमूहतर्फ डीएसपीका ५७ पद रिक्त छन् । यसमा इन्सपेक्टरको सिसं ५ का एक र सिसं ६ का ५६ जना इन्सपेक्टर डीएसपी हुने भएका छन् । सिसं ५ का केशव अवस्थी कारबाहीमा परेकाले बढुवामा ढिलाइमा परेका हुन् ।

उता, सिसं ६ अन्तर्गत ९३ जना इन्सपेक्टर भएकोमा अहिले ८५ जना छन् । ८५ मध्येबाट ५६ जना डीएसपी बन्नेछन् । २१ फागुन २०६२ मा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका उनीहरू १६ वर्षसम्म पनि इन्सपेक्टरमै छन् ।

राजधानी