
जनकपुर, फागुन ७ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी अभावले प्रदेश सरकारले चाहेर पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।
राष्ट्रिय समाचार समितिको ५९औं वार्षिकोत्सवमा बुधबार जनकपुरमा आयोजित कार्यक्रममा उनले कर्मचारीको अभावले समयमै बजेट खर्च गर्न नसकेको र योजनाको भुक्तानी गर्न नसकेको दाबी गरे ।
मुख्यमन्त्री राउतले विभिन्न आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दाका कारण जेलमा परेकाहरुको मुद्दा फिर्ता लिन संघीय सरकारसँग आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस्