काठमाडौं । काठमाडौं-तराई/मधेस द्रुतमार्ग निर्धारित समयमा सम्मपन्न गराउन आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयसँग छलफल गर्ने भएको छ ।
काठमाडौं-तराई/मधेस द्रुतमार्गको अवलोकन भ्रमणसमेत गरेको राष्ट्रिय सभा अन्तर्गतको प्रत्योजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्मपन्न गर्नका लागि थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकाल्दै सो रकमको व्यवस्थापनका लागि सरकारका सरोकारवाला मन्त्रालयसँग छलफल गर्ने भएको टछ ।
समितिको बिहिबार बसेको बैठकपछि समिति सभापति रामनारायण बिडारीले द्रुतमार्ग सम्मपन्न गर्नका लागि हालसम्म खर्च भइसकेको बाहेक थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने देखिएको र त्यति रकमको स्रोत सुनिश्चत नहुन्जेल काम अगाडि बढेमा काममा अबरोध हुने भएकाले रकम सुनिश्चितताका लागि सरकारका सम्बन्धित सरोकारवाला मन्त्रालयसँग छलफल गरिने बताए ।
कारोबार










प्रतिक्रिया दिनुहोस्