Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सत्ता गठबन्धन निरन्तरताका लागि कांग्रेसभित्र दुई धार


156
Shares

काठमाडौं । काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरता’बारे प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेका हुन् ।

सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको निर्वाचन र त्यसपछिका प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमासमेत हालको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने पक्षमा छ । देउवालाई नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको निरन्तरताको विषयमा साथ दिँदै आइरहेका छन् ।

तर, इतर समूहको नेतृत्व गरेका डा। शेखर कोइराला समूह भने सत्ता गठबन्धनको निरन्तरता अब आवश्यक नरहेको निष्कर्षमा पुगेको छ । पछिल्लो समय स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन आबद्ध दलहरू अलमलमा परेपछि डा। कोइरालाले गठबन्धनको आवश्यकता अब नरहेको बताएका थिए । उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्नेसमेत बताउँदै आइरहेका छन् ।

सो समूहबाट कांग्रेस महामन्त्रीमा निर्वाचित युवा नेता गगन थापासमेत आगामी निर्वाचनमा कांग्रेस कुनै दलसँग गठबन्धन गरेर नजाने र एक्लै भिड्ने बताउँदै आइरहेका छन् । तर, कांग्रेस नेता पौडेल भने विपक्षी दललाई सहयोग पुर्‍याउनेगरी पार्टीभित्रै गठबन्धन’बारे विरोधका आवाज उठ्नु गलत भएको बताउँछन् ।

राजधानी