Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


कांग्रेसको कार्य सम्पादन समितिको बैठक यसै हप्ता बस्ने


65
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक यहि हप्ता भित्र बस्ने भएको छ ।

कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यहि हप्ता भित्र पार्टीको केन्दी्रय कार्य सम्पादन समितिको बैठक बोलाउने तयारी भएको बताउनु भएको हो ।

उहाँले तत्काल महाधिवेशन गर्नुपर्ने माग गर्दै सोमबार पार्टी केन्द्रीय कार्यलयमा पुगेका नेविसंघका विद्यार्थी नेता, कार्यकर्तालाई सम्बोधन गर्दै सबै भातृ संस्था तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशनलगायतका कार्यहरु सम्पन्न गर्न पार्टीका महामन्त्रीहरुले त्यसको प्रस्तावित विधानबारे छलफल गरिरहनु भएको जानकारी समेत दिनु भयो ।

उपसभापति गुरुङले पार्टीका तत्कालीन केन्द्रिय सदस्य एनपी साउद नेतृत्वको टोलीले भातृ संस्थाहरुको बारेमा तयार पारेको विधान प्रतिवेदन माथि गहन छलफल गरेर सबै भातृ संस्थाहरुलाई गतिशिल बनाउने गरी त्यसका महाधिवेशन लगायतका कामहरु सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

कांग्रेस नेतृत्वमाथि पार्टीको विधान र संघीयताको भावना अनुसार भातृ संस्थाहरुको विधान मस्यौदा भएपनि पार्टीले स्विकृति नदिएका कारण नेविसंघ लगायतका भातृ संस्थाहरु पूरानै विधानमा चलिरहेको आरोप छ ।

जसका कारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पनि छिटो भन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने त्यसमा आवद्ध विद्यार्थीहरुको माग छ ।