संविधान सभाका पूर्व-सदस्य दुमन थापाको निधन « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


संविधान सभाका पूर्व-सदस्य दुमन थापाको निधन


91
Shares

काठमाडौं । संविधान सभाका पूर्व-सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का नेता डाक्टर दुमन थापाको ६२ वर्षका उमेरमा गएराति निधन भएको छ ।

मिर्गाैला रोगबाट ग्रसित उहाँको मण्डिखाटार स्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील हुनुहुन्थ्यो ।

संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गर्नुभएका थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।

उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।