सिटामोल अभाव अझै कायम, अस्पताल वरपरका फार्मेसीमा मात्र पाइन्छ « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


सिटामोल अभाव अझै कायम, अस्पताल वरपरका फार्मेसीमा मात्र पाइन्छ


143
Shares

मालती घोरासैनी

काठमाडौं, माघ १६ । उपत्यकाका अस्पताल परिसरका फार्मेसीमा केही दिनयता सिटामोल अभाव छैन । तर अन्य स्थानका पसल र देशभरीका अधिकाशं स्थानमा भने अभाव कायमै छ । सरकारले उत्पादन वृृद्धि गरी सिटामोलको अवस्था सहज भएको दाबी गरेता पनि उपभोक्ताहरुले भने अभाव खेप्न बाध्य भएका छन् ।

देश तेस्रो लहरको कोरोनाले आक्रान्त पारिरहेका सिटामोलको हाहाकार फैलियो । अधिकाशं फार्मेसीमा सिटामोल अभाव हुन थाल्यो । उपभोक्ताले सिटामोल पाउन छाडे । सरकारी निकाय त्यतिबेला मात्रै देखियो जुनबेला बजारमा हाहाकार भईसकेको थियो । महामारी फैलिइरहेकै बेला देखिएको अभाव नियन्त्रणका लागि सरकारसगँ बारम्बार माग गरेपछि अस्पताल नजिकैका फार्मेसीमा सिटामोल देखिन थालेको छ । तर अस्पताल परिसरमा नभएका फार्मेसी र औषधी पसलमा भने सहज रुपमा सिटामोल पाइएको छैन ।

आम उपभोक्त्ताहरुले पनि औषधि पसलमा सिटामोल माग्दा नपाएको गुनासो गरेका छन् । विगत १४ वर्षदेखि औषधिको मुल्य समायोजन हुन नसक्दा औषधि उत्पादनमा उत्पादकहरुको रुचि घटेको औषधि विभागका प्रवक्ता सन्तोष के.सी बताउनुहुन्छ । आगामी दिनमा सिटामोलको अभाव हुन नदिन सरकारले मूल्य समायोजन गरि औषधि उत्पादन क्षमता बढाउनुपर्ने औषधि व्यवस्था विभागको तर्क छ ।

पछिल्लो समय सिटामोलको उत्पादन वृद्धि गरेको विभागको दाबी छ । तर उस्ले दाबी गरेजस्तो बजारमा सिटामोल भने पाईँदैन । मूल्य समायोजनका लागि कृत्रिम अभाव सिर्जना समेत भईरहेका समयमा सिटामोलको अभाव हुनु गैरजिम्मेवारपन हो ।