
काठमाडौं । नेपाली इतिहासले नासोका रुपमा छोडेका अधिकांश ऐतिहासिक वस्तु नाश हुने क्रममा छन् ।
आफूलाई राजा भएको भ्रम छर्न कतिपय नेताले राजामहाराजा चढेका गाडी नै हत्याएका छन् । चल्ने गाडी नेताका घर–घर पुगेका छन् भने नचल्ने अवस्थाका गाडी संग्रहालयमा पुगेका छन् ।
तर त्यस्ता ऐतिहासिक सवारी साधनको संरक्षणका लागि प्रभावकारी काम भएका छैनन् । राजा त्रिभुवनको पालादेखिका गाडी कोही शितल निवासमा त कोही सरकारका भुतपुर्व मन्त्रीहरुले चलाउँदै आएका छन् । केही समय अघि नारायणहिटी संग्रहालयको पहलमा केही गाडी त फर्काइयो, यद्यपी संरक्षण नहुँदा ती गाडी घामपानीमा दिनानुदिन जीर्ण बन्दै गएका छन् ।
ती गाडीहरु कोही बेलायतबाट त केही अमेरिका र जर्मनीबाट समेत झिकाईएका थिए । विविध थरी गाडी चढ्ने शोक अनि केही विदेशबाट उपहार स्वरुप ल्याइएका ती गाडीको मोडल पुराना ढाँचाको र पार्टपूर्जा दुर्लभ हुँदा समेत लथालिङ्ग अवस्थामा छोडिएका छन् ।राजतन्त्रको अन्त्यपछि राजामहाराजालाई गाली गर्नुमा आफ्नो भलो देखेका नेताहरुको आँखा ती विलासी गाडीमा पर्यो । राजा वीरेन्द्र चढ्ने गरेको लिमोजिन कार राष्ट्रपतिको प्रयोगमा छ ।
उपराष्ट्रपतिदेखि तात्कालिन परराष्ट्रमन्त्री सुजाता कोइराला समेतले राजदरबारमा प्रयोग भएका गाडी लानु भयो । दर्जनौं गाडीमध्ये बचेखुचेका केही गाडी नारायणहिटी संग्रहालयमा प्रदर्शनमा राखिएका छन् ।
तर केही गाडीलाई भने बषौंदेखि बेवारिसे अवस्थामा छाडिएका छन् । राजा त्रिुभवनदेखिको इतिहास बोकका कतिपय ‘शाही सवारी’ का रुपमा रहेका गाडीहरुको अवस्था कस्तो छ भन्ने अत्तो पत्तो अझै छैन ।
प्रतिक्रिया दिनुहोस्