Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


हुलाकी राजमार्ग अन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुग्याे

९० प्रतिशत बढी सडक कालोपत्र, २४ पुल सम्पन्न

0
Shares

काठमाडाैं । मधेश प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिरहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ ।

साेही खण्डमा २४ वटा पुल निर्माण भइसकेकाे र  ९० प्रतिशत भन्दा बढी सडक कालोपत्र भएको हाे । हुलाकी राजमार्ग निर्देशनालयले सिरहादेखि सर्लाहीसम्मको ४ सय ६ दशमलव ४३ किलोमिटरमध्ये ३ सय ४७ दशमलव ६३ किलोमिटरमा कालोपत्र भएको छ । धनुषामा तीन, सर्लाहीमा सात, महोत्तरीमा तीन र सिरहामा तीन गरी १९ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका हुन् ।

कालोपत्र गर्न बाँकी ५८ दशमलव ८ किलोमिटर सडकमध्ये १२ दशमलव ८ किलोमिटर सडकको ठेक्का प्रक्रिया प्रारम्भ भएको छ । चालु आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयले जनाएकाे हाे । सिरहामा २९ दशमलव ९८, महोत्तरीमा ९१ दशमलव ५६,सर्लाहीमा १५१ दशमलव ५१ किलोमिटर निर्माण भएको छ ।

निर्माण सम्पन्न भएपछि पूर्व-पश्चिम हुलाकी राजमार्ग एक हजार ७ सय ९२ किलोमिटर लामो हुने कार्यालयले जनाएकाे हाे।