Logo २ आश्विन २०८३, शुक्रबार | Sat Sep 19 2026


सुनचाँदीको मूल्यमा ओरालाे यात्रा


1.1k
Shares

काठमाडाैं । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेकाे छ ।

गत शुक्रबार बढेको सुनचाँदीको मूल्य आइतबार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन तोलामा एक हजार ८ सय रुपैयाँले घटेको जनाएकाे छ । मूल्य घटेर आइतबार सुन तोलाको दुई लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हाे। शुक्रबार सुन तोलामा एक हजार रुपैयाँले बढेर तोलाको दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलाको चार हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियाे । चाँदी आइतबार घटेर तोलाको चार हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।