९ सयले घट्यो सुनको मूल्य « Imagekhabar – Online News Portal of Nepal


९ सयले घट्यो सुनको मूल्य


143
Shares

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९ सयले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।