पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तर राख्नुपर्छ : अध्यक्ष के.सी. « Imagekhabar – Online News Portal of Nepal


पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तर राख्नुपर्छ : अध्यक्ष के.सी.


1.261k
Shares

काठमाडौं । पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तर राख्नुपर्ने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर के.सी.ले एक विज्ञप्ति निकाली प्रतिगमनविरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको संयुक्त प्रयासबाट एमालेका उम्मेदवार पराजित हुनुले प्रतिगमनलाई परास्त गर्न र गणतन्त्रको रक्षाको संघर्षमा सहयोग पुगेको निष्कर्ष के.सी.को छ ।

२०६२÷६३ सालका उपलब्धिलाई समाप्त गर्ने प्रयास भइरहेको भन्दै के.सी.ले राष्ट्रिय जनमोर्चाले राजावादी शक्तिले गणतन्त्रलाई समाप्त गर्न प्रयत्न गरिरहेका र एमालेका अध्यक्ष केपी ओलीका हरेक क्रियाकलापलाई गणतन्त्र विरोधी शक्तिहरुले समर्थन गरिरहेको बताउनुभएको छ ।