धनकुटा प्रशासनका सेवा बन्द « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


धनकुटा प्रशासनका सेवा बन्द


143
Shares

धनकुटा, माघ ११ । जिल्ला प्रशासन कार्यलय धनकुटाले माघ १८ गते सम्मका लागि कार्यालयबाट प्रदान गर्ने अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ ।

कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिडको संक्रमण देखिएको र अन्यलाई समेत मिल्दोजुुल्दो लक्षण देखिएकाले १८ गतेसम्म नागरिकता, राहदानी,संघ संस्था दर्ता नविकरण, पेन्सन सम्वन्धी प्रमाणीत तथा सिफारिसको काम नगर्ने जिल्ला प्रशासनले जनाएकोछ ।

तर शान्ति सुरक्षा, मुद्दासम्बन्धी, विपत्, व्यावस्थापन, र अत्यावश्यक आन्तरिक प्रशासन काम भने सुचारु रहने प्रशासनले जनाएको छ ।