Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


होम आइसोलेसनमा बसेका ८० हजार बढी संक्रमितबारे सरकार बेखबर


130
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । अहिले दैनिक कम्तिमा १० हजारका दरले संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।

तीमध्ये अधिकांश होम आइसोलेसमै रहेका छन् । मन्त्रालयको तथ्यांक अनुसार देशभरि ८० हजार बढी होम आइसोलेसनमा रहेका छन् । होम आइसोलेसमा बसेका संक्रमितहरुका विषयमा सरकार भने बेखबर बनेको छ ।

कतिपय संक्रमितहरुलाई श्वासप्रश्वासमा समेत कठिन भइरहँदा वा अक्सिजनको मात्रा घटेको भए पनि उनीहरु होम आइसोलेसमनै रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ भनेर सरकारले सोध्नेसम्मको प्रयास गरेको छैन । सरकारले उनीहरुको तथ्याकं संकलन गर्न बाहेक अरु केही चासो र संवेदनशिलता नलिएको देखिन्छ ।

सरकारले टेलिमेडिसिन सेवाको नारा लगाए पनि कार्यान्वयन शून्यप्राय छ ।

लक्षण नभएका वा सामान्य लक्षणहरु भएका संक्रमित व्यक्तिहरु, श्वासप्रश्वासमा समस्या वा सास फेर्न गाह्रो नभएका व्यक्तिहरु, आफ्नो स्वास्थ्य समस्या अनुगमन गर्नसक्ने व्यक्ति बढी जोखिममा नपर्ने व्यक्तिहरु जस्तै उच्च रक्तचाप, मुटुको समस्या, मृगौलाको रोग, क्यान्सर, मधुमेह आदिको समस्या नभएका र ६० वर्ष उमेर ननाघेका व्यक्तिहरु होम आइसोलेसनमा बस्नुपर्छ ।


अन्नपूर्ण पोष्ट