
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजारमा सुनचाँदीको मूल्य यथावत् रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि यथावत् रही सोही मूल्यमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज यथावत् रही १ हजार ३ सय १५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्