२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्वास्थ्यकर्मीलाई ५०% जोखिम भत्ता दिइने


442
Shares

काठमाडौं । स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न स्वास्थ्य मन्त्रालयले जोखिम भत्ता दिने तयारी गरेको हो ।

यसअघि नै ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएकाले स्वास्थ्य मन्त्रालयले तीन महिनाका लागि आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयसँग माग गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले नयाँ निर्णय गर्नु नपर्ने स्वास्थ्यसचिव डा. रोशन पोखरेलले बताए ।

तेस्रो लहरको सुरुवातमै धेरै स्वास्थ्यकर्मी कोरोनाको चपेटामा परेका छन् । तर, अघिल्ला लहरमा संक्रमितको उपचारमा प्रत्यक्ष खटिएका सबै स्वास्थ्यकर्मीले घोषणा भएको जोखिम भत्तासमेत अझै पाएका छैनन् । उनीहरूमध्ये केहीको पहिलो लहरकै र धेरैको दोस्रो लहरमा खटिएको भत्ता नपाएको गुनासो छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले ओमिक्रोनले धेरै नागरिकलाई घेराबन्दीमा पारिसकेको बताए । ‘पुसमा पानी परेको थियो, अत्यधिक चिसो बढेकाले धेरै मानिस रुघाखोकीले ग्रस्त भएका थिए । त्यही समयमा ओमिक्रोनले अधिकांश मानिसलाई घेराबन्दीमा पारिसकेको देखियो,’ उनले भने ।

नयाँ पत्रिका