Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


ललिता निवास प्रकरण : अदालतले प्रतिवादीलाई चिठी काट्यो


0
Shares

काठमाडौं । ललिता निवास भ्रष्टाचार काण्डका प्रतिवादीहरुलाई प्रतिवाद गर्न आउन विशेष अदालतले धमाधम पत्र काट्न थालेको छ ।

विशेष अदालतका उपरजिष्ट्रार इन्द्रकुमार खड्काले तलिता निवास भ्रष्टाचार काण्डका प्रतिवादीहरुलाई बुधबारदेखि पत्र काट्न थालिएको जानकारी दिए ।

पहिलो दिन सो भ्रष्टाचार काण्डका सात जनालाई पत्र काटिएको उपरजिष्ट्रार खड्काले बताए ।

विशेष अदालतले पहिलो पत्र तत्कालीन मालपोत अधिकृत कलाधर देउजाको नाममा काटेको छ ।

यता, ललिता निवास भ्रष्टाचार प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि प्रतिवादी बनाउनुपर्ने माग गर्दै पेस भएको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको छ । बरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपानेले पेस गरेको निवेदन दर्ता भएको हो । -नेपाल समाचारपत्र दैनिकबाट