मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा « Imagekhabar – Online News Portal of Nepal


मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा

सप्तरीको राजविराजमा विशेष कार्यक्रम गरि मधेश बलिदानी दिवस मनाइँदै

559
Shares

काठमाडौं । मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ । मधेश बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको हो ।

प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो पनि सार्वजनिक विदा दिइएको थियो ।

मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेलाई मधेश बलिदानी दिवसका रूपमा मनाउने गरिएको छ ।

यसै अवसरमा सप्तरीमा आज विशेष कार्यक्रम आयोजना हुँदैछ । यस वर्षको कार्यक्रममा मधेश आन्दोलनका क्रममा सहिद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिनेछ ।

कार्यक्रमका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता तथा प्रदेश सरकारका मन्त्रीहरु गएराति नैं राजविराज पुगेका छन् ।