१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


यू ट्युबमा अहिले सम्मको रेकर्ड तोडेको भिडियो जसलाई १० अर्व भन्दा बढीले हेरे


14.638k
Shares

एजेन्सी । दक्षिण कोरियाली शैक्षिक मनोरञ्जन फर्म पिंकफङले निर्माण गरेको बेबी शार्क गीतलाई अहिले सम्म यूट्युबमा १० अर्व पटक भन्दा बढी हेरिएको छ ।

यस गीतमा कोरियन –अमेरिकी गायिका होप सेगोइनले आफ्नो स्वर दिएकी छिन् ।अन्तर्राष्ट्रिय संचार माध्यममका अनुसार यो गीत साना बच्चाहरुको लागि हो । यो गीत सन् २०१६ मा रिलीज भएको हो । नोभेम्बर २०२१ मा यो गीत ७ दशमलव ४ अर्ब पटक हेरिएको थियो भने अहिलेसम्म आउदा १० अर्ब पटक भन्दा धेरै हेरिएको छ । यो गीतलाई ३ करोड ३० लाख भन्दा बढी मानिसले लाइक गरेका छन् । सामाजिक सञ्जालमा अहिले यो गीत खुबै चर्चामा छ ।

यो गीतप्रति धेरैले राम्रो प्रतिक्रिया दिएका छन् । बच्चाको गीत भएपनि यो विश्वमा अहिले सम्मकै सबैभन्दा बढी हेरिएको भिडियो बनेको छ ।