इरानका सर्वोच्च नेता खोमेनीको ट्विटर अकाउन्ट बन्द « Imagekhabar – Online News Portal of Nepal
९ आश्विन २०७९, आईतवार | Sun Sep 25 2022


इरानका सर्वोच्च नेता खोमेनीको ट्विटर अकाउन्ट बन्द


260
Shares

काठमाडौं । ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खोमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले खोमेनीको अकाउन्ट बन्द गरिदिएको हो ।

सो भिडियोमा ट्रम्पले दुई वर्षअघि इराकको राजधानी बग्दादमा ड्रोन हमला गर्न निर्देशन दिइएको देखाइएको छ । ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको एउटा ड्रोन हमलामा इरानका तत्कालिन कमान्डर जनरल क्वासिम सोलिमानीको मृत्यु भएको थियो ।

खोमेनीको आधिकारिक वेबसाइटमा ‘बदला निश्चित छ’ भन्ने भिडियोलाई पनि केही दिनअघि ट्विटरले हटाएको थियो ।