Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


खोप लगाएकामा कोरोनाको असर कम


143
Shares

काठमाडौं । खोप लिए पनि कोरोना संक्रमण हुन्छ। तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन गरेको यो विषय नेपालमा अहिलेका संक्रमितहरूमा समेत प्रमाणित भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए। ‘कोरोना पुष्टि भए पनि खोप लिएकाहरूमा जटिल समस्या देखिएको छैन’, उनले भने। पछिल्लो पटक कोरोना संक्रमण फैलिएपछि अस्पतालमा आएका बिरामीको अवस्था हेर्दा खोप लिएकामा सामान्य समस्या देखिएको पाइएको उनले बताए।

डा.अधिकारीका अनुसार खोप लिएकाहरूमा भन्दा नलिएकाहरूमा कोरोना संक्रमणले १० गुणा बढी जटिल समस्या बनाउँछ भने मृत्युको जोखिम १७ प्रतिशत हुन्छ। अहिले नेपालमा दुवै खाले भेरिएन्टको संक्रमण देखिए पनि खोप लिएका कारण अस्पताल भर्नादर कम भएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा.शेरबहादुर पुनले बताए। उनले भने, ‘डेल्टाको संक्रमण पनि छ तर खोप लिएको जनसंख्या बढेको र जोखिममा रहेको समूहले खोप लिइसकेको हुनाले जटिल समस्या देखिने बिरामी कम छन्।’

सरकारले कोभिड १९ विरुद्धको खोप अभियान तीव्र बनाउन सकेमा कोरोनाको असर कमभन्दा कम मात्रामा पर्ने चिकित्सकहरूले बताएका छन्। ‘कति खोप कभरेज गर्न सकिन्छ, त्यही अनुसार असर कति पर्छ भन्ने कुरा निर्धारण हुन्छ ’ पुनले भने।

नागरिक