नागरिकता बनाइदिने भन्दै जनप्रतिनिधिले लिए एक लाख ३५ हजार घुस « Image Khabar


नागरिकता बनाइदिने भन्दै जनप्रतिनिधिले लिए एक लाख ३५ हजार घुस


3.081k
Shares

स्याङ्जा । नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीसँग दुई जनप्रतिनिधिले घुस लिएका छन् ।

जिल्लाको भिरकोट नगरपालिका–९ का वडाध्यक्ष भीमबहादुर गुरुङ र वडासदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनी एक लाख ३५ हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगले वडाध्यक्ष भीमबहादुरविरुद्ध बिगोअनुसारको कारबाहीको माग गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

वडाध्यक्ष र वडा सदस्यले लिएको रकम सेवाग्राहीलाई नै फिर्ता गर्न लगाइएको प्रहरीले आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।