१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


धनकुटामा टिपर दुर्घटना हुँदा चालक र परिचालकको मृत्यु


234
Shares

काठमाडौं । धनकुटाको धनकुटा नगरपालिका २ नागढुङगामा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

टिपर चालक प्युठानको माण्डबी गाउँपालिका–१ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नबिन बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

धनकुटाबाट बसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर आज बिहान पौने ५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा चालक र परिचालक च्यापिएको प्रहरी चौकी हिले धनकुटाले जनाएको छ ।