
एजेन्सी । इटालीका एक राजकुमारले उनकी प्रेमिकाले लोभी भनेर सम्बोधन गरेको विषय अहिले अदालतसम्म पुगेको छ ।
राजकुमार जियाकोमो बोनानो डि लिंगु आग्लोसा र उनकी प्रेमिका तान्या एशेन्कोबीचको लोभी शब्दको मुद्दा अदालतसम्म पुग्नुको मुख्य कारण भने उपहारको विषय रहेको छ । राजकुमारले विगतदेखि नै आफ्नो प्रेमिकालाई धेरै महङ्गो उपहार दिदै आएका थिए । तर पनि उनकी प्रेमिका ले उनी प्रति उपहारको विषयलाई लिएर असन्तुष्टि जनाउँदै लोभी साबित गर्न खोजिन् ।
इटालीका ५१ बर्षीय राजकुमार जियाकोमो र बेलारुसकी ३५ बर्षीय तान्याबीच सन् २०१९ मा एक डिनर पार्टीमा भेट भएको थियो । त्यहीबेलादेखि दुबैको प्रेम झांगिएको थियो । प्रेम झांगिदै जाँदा दुबैजना दुबई र माल्दिभ्स लगायत धेरै देशमा एकसाथ घुम्न पनि गएका थिए । राजकुमारले तान्यालाई १ करोड १० लाख भन्दा बढिको मर्सिडिज कार पनि उपहार दिएका छन् । त्यसबाहेक ७६ लाख भन्दा बढिको उनले अन्य उपहार दिएका छन् । त्यति मात्र नभई तान्याको मासिक २४ लाख रुपैया घरभाडा तिर्न पनि राजकुमारले सहयोग गर्दे आइरहेका समाचारमा जनाइएको छ ।
राजकुमारले यस्तो उपहार दिदा पनि तान्याले लोभी भनेपछि यसमा असन्तुष्टि जनाउँदै उनी प्रेमिका विरुद्ध अदालत गएका हुन् । राजकुमारले आफूले दिइसकेको उपहार तान्याबाट फिर्ता लिन नचाहेको पनि समाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन् ।उता तान्याले पनि राजकुमारले आफूलाई पछ्याएको आरोप लगाउँदै यसबाट निस्कन आफुलाई मनोवैज्ञानिक को सहायता लिनु परेको भन्दै मुद्दा दिएकी थिइन् । तान्याले “यदि राजकुमारले चाहेको भए इटालीमा भएको आफ्नो आधा लगानी मलाई हस्तान्तरण गर्न सक्थ्ये, तर उनी लोभी छन् ।” भनेपछि यो कुराले राजकुमारलाई तान्याप्रति रिस उठ्यो र उनी तान्या विरुद्द अदालत गएका स्थानीय संचारमाध्यमले जनाएका छन् । तान्याले भने ती कुरा झुठो भएको बताएकी छिन् । उनले राजकुमारको पहिलो बिवाह टुटेको र उनी लामो समयदेखि डिप्रेसनमा रहेका दाबी गरेकी छिन् । यसलाई राजकुमारले पनि स्वीकार गरेका छन् । उनले फेसबुक मार्फत तान्यासंग माफी मागेका छन् ।

उनले आफ्नो मनमा भएको इर्ष्याका कारणले तान्यामाथि झुटो आरोप लगाएको, तर तान्यालाई दिएको उपहारहरु फिर्ता नलिने बताएका छन् । दुबैबीचको झगडा मिलाउन उनीहरुका वकिलहरु लागि परेका छन् । तर दुबैले मुद्दा भने अदालतबाट फिर्ता लिएका छैनन् । राजकुमारका वकिलहरुले तान्याले राजकुमारलाई मानसिक तनाव दिएको जिकिर गर्दै राजकुमार कोमल हृदयका भएको दाबी गरिरहेका छन् । उता तान्याका वकिलले भने राजकुमारले तान्यालाई वेवास्ता गरेको उनलाई मनोवैज्ञानिक पीडा दिएको जिकिर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्