
काठमाडौं, पुस २७ । नेपालबाट विभिन्न देशका लागि चुनिएका अवैतनिक राजदूतहरुले निलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
नेपालमा भइरहेको राजनीतिक अस्थिरताका कारण आवतजावतमा समस्या पर्ने भएकाले निलो प्लेट नम्बरको सवारीसाधन प्रयोगन गर्न पाउनुपर्ने माग गरेका हुन् ।
पोल्याण्डका लागि अवैतनिक राजदूत लोकमान्य गोल्छाले कुनै एक व्यक्तिको भुलका कारण अन्य अवैतनिक राजदूतलाई कारबाही गर्न उचित नहुने भन्दै निलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन माग गर्नुभयो । उहाँले सरकारले अवैतनिक राजदूतहरुलाई उपलब्ध गराएको निलो प्लेट नम्बरको सवारीसाधन नदिने सरकारको निर्णय व्यवहारिक नभएको गुनासो गर्नुभयो ।
त्यस्तै माल्टाका लागि नेपाली अवैतनिक राजदूत दिनेश श्रेष्ठले नागरिक समाज वा कुनै एउटा समूहले इष्र्या गरेर अवैतनिक राजदूतलाई सरकारले दिइरहेको निले प्लेटको सवारीसाधनको सुविधा हटाउन नमिल्ने बताउनु भयो । उहाँले आफूहरुले राज्यको हित र इज्जतका लागि नै कम गरेकोले उक्त सुविधा खोस्न नमिल्ने बताउनुभयो ।
सो सुविधाले अन्य देशका राजदूतहरु आउँदा र सरकारले बोलाउँदा निलो प्लेटको सवारी प्रयोग गरिरहेको प्रष्ट पार्नुभयो । उहाँले सरकारलाई आफूहरुले अवैतनिक रुपमा सहयोग गरिरहँदा सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्