
काठमाडौं । आजीवन कारागार सजाय भोगिरहेका अमेरिकी अर्बपति रोवर्ट डर्स्टको कारागारमै मृत्यु भएको छ । आफ्नै सहकर्मीको हत्या अभियोगमा क्यालिफोर्नियाको एक कारागारमा जन्मकैदको सजाय भोगिरहेका डस्र्टको कारागारमै मृत्यु भएको हो ।
७८ बर्षिय डर्स्ट गत बर्षको सेप्टेम्बरमा पक्राउ परेका थिए । श्रीमती वेपत्ता भएको विषय अरुलाई भनिदिने त्रासले उनले आफ्ना सहकर्मीको हत्या गरेको स्वीकारेका थिए । त्यो बाहेक उनीमाथि दुई छिमेकीको समेत हत्याको आरोप लागेको थियो । रियल स्टेट ब्यापारी डर्स्टको अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा समेत लगानी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्