
काठमाडौं । सात सय ५३ वटै स्थानीय तह र सातै प्रदेश सभा सचिवालयबाट प्राप्त तथ्यांकअनुसार १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धन सबै प्रदेशमा अगाडि छ । प्रदेश १ मा भने गठबन्धन र एमालेको मतभार थोरै मात्रै फरक छ ।
निर्वाचनमा प्रदेश सांसद र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष मतदाता हुन्छन् । दुई हजार २५ कुल मतदाता छन् । प्रदेश सांसदको ४८ र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १८–१८ हुन्छ । १९ सिटका लागि हुने निर्वाचनमा नौ दलका ४३ उम्मेदवार मैदानमा छन् ।
प्रदेश १ मा कुल मतभार ९,३१२ छ, जसमा गठबन्धनको चार हजार ६ सय ३८ र एमालेको चार हजार पाँच सय ६ मतभार छ । यहाँ अन्य दलको मतभार एक सय ६८ छ । जसमध्ये राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रदेश सभामा एक–एक सिट छ । स्थानीय तहमा राप्रपाको चार सिट छ ।
प्रदेश १ मा महिलातर्फ एमालेबाट सुमित्रा भण्डारी, गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी जयन्ती राई र राप्रपाबाट रञ्जु प्याकुरेलको उम्मेदवारी छ । अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा र गठबन्धनबाट जसपाका हेमराज राईको उम्मेदवारी छ । अन्यतर्फ एमालेका गुरु बराल, गठबन्धनका तर्फबाट कांग्रेसका गोपालकुमार बस्नेत र राप्रपाका अमरबहादुर विष्टको उम्मेदवारी छ ।
प्रदेश २ मा गठबन्धन भारी बहुमतले अगाडि छ । गठबन्धनको मतभार सात हजार तीन सय दुई रहेको छ । एमालेको मतभार नौ सय ६ रहेको छ । अन्य दलहरूको मतभार एक हजार ६ सय ८ रहेको छ । प्रदेश २ मा कुल मतभार ९,८१६ छ ।
प्रदेश २ मा महिलातर्फ एमालेकी विना देवी, गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र लोसपाबाट रूपाकुमारी यादवको उम्मेदवारी छ । अन्यतर्फ एमालेका उसमान अन्सारी र गठबन्धनबाट जसपाका महमद खालिदको उम्मेदवारी छ ।
प्रतिक्रिया दिनुहोस्