Logo ११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026


‘पुतलीको घर’ नाटक मन्चन


39
Shares

काठमाडौं, पुस २६ । चेपाङ समूदायका महिलाहरुलाई सहयोग गर्ने उद्देश्यले वमेन इन रोटरी कमिटी डिष्ट्रिक ३२९२ ले शनिबार काठमाडौंको नाचघरमा ‘पुतलीको घर’ नाटकको मन्चन गरेको छ ।

चर्चित रंग कलाकार निशा शर्माको मुख्य भूमिका रहेको नाटकबाट संकलित रकम मकवानपुरको राक्सिराङका चेपाङ महिलाहरुको आय स्तर बढाउन मौरी पालन तालिम साथै आर्थिक शसक्तिकरण गर्न सहयोग गर्ने उद्देश्य रहेको वमेन इन रोटरी कमिटी डिष्ट्रिक ३२९२ की मिडिया संयोजक लाक्पाफूटी शेर्पाले जानकारी दिनुभयो ।

महिलाहरुलाई आर्थिक रुपमा शसक्त बनाइ समाजमा विद्यमान चेलीबेटी बेचविखन, वालविवाह, अशिक्षा जस्ता कुरुतीहरुलाई हटाउन आर्थिक शसक्तिकरण जरुरी रहेकाले आफूहरुले सानो प्रयास स्वरुप नाटक मन्चन गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा रोटरीको लक्ष्य भनेको आँशुलाई पनि हाँसोमा बदल्ने रहेकाले सोही अनुरुप प्रयास गरिएको वमेन इन रोटरीकी चियर सपना रिजालले बताउनुभयो ।

हेनरिक इब्सनको ‘पुतलीको घर’ सुनिल पोखरेलले अनुवाद तथा निर्देशन गरेका हुन् ।