Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


चितवनमा ओमिक्राेन त्रास : दुई दिन चल्न दिएर महोत्सव स्थगित गर्ने प्रशासनको निर्णय


611
Shares

चितवन । जिल्ला प्रशासन कार्यालयले दुई दिन चल्न दिएर महोत्सव स्थगित गर्ने निर्णय गरेको छ ।

सोमबार प्रशासनमा बसेको सर्वपक्षीय भेलाले पुस २५ गतेदेखि सुरु भएको १३औं चितवन महोत्सव दुई दिन चल्न दिने निर्णय गरेको हो ।

यस्तै भोलि (मंगलबार) उद्घाटन हुन लागेको रत्ननगर महोत्सव र माघे संक्रान्तिमा देवघाटमा लाग्ने मेला सञ्चालनमा भने पूर्ण रूपले रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माले जानकारी दिनुभयो ।

ओमिक्रोनका संक्रमित जिल्लामा नभेटिए पनि जोखिम उच्च रहेको भन्दै भौतिक रूपमा २५ जना भन्दा बढी उपस्थित भइ हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको शर्माले बताउनुभयो ।

बैठकले स्थानीय तहमा निःशुल्क एन्टीजेन टेष्ट बुथहरू पुनः सञ्चालन गर्ने, माघ ७ गतेदेखि सार्वजनिक स्थानहरूमा जाँदा जाँदा अनिवार्य कोभिडविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको छ ।

यसैगरी, विद्यालय र विश्वविद्यालयको हकमा शिक्षा मन्त्रालयकै निर्णयानुसार गर्ने शर्माले बताउनुभयो । जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, सबै यात्रुलाई मास्क अनिवार्य प्रयोग गनुपर्ने निर्णय पनि प्रशासनले गरेको छ ।