
काठमाडौं, माघ २६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब तेस्रो स्थानमा पुगेको छ ।
मनाङ ४–१ ‘एनआरटी’
११औं चरणको अन्तिम खेलमा आइतबार न्यूरोड टिम (एनआरटी)लाई ४–१ ले हराउँदै मनाङ तेस्रो स्थानमा पुगेको हो ।
गोलकर्ता
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङलाई जिताउन अञ्जन विष्टले दुई तथा विमल राना र दयानन्द सिंहले एक÷एक गोल गरे । एनआरटीका सकल रेग्मीले सान्त्वना गोल गरे ।
अंकतालिका
यो खेलपछि ११औं चरणको समाप्तिसम्म २६ अंकबाट त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ ।
दोस्रो स्थानको मच्छिन्द्र क्लबको २५ तथा तेस्रो स्थानको मनाङको २२ अंक छ ।
२० अंकको थ्रीस्टार क्लब चौथो स्थानमा झरेको छ ।
पाँचौं स्थानको जावलाखेल युथ क्लबको १८, छैटौं स्थानको नेपाल पुलिस क्लबको १७ तथा संकटा क्लब र एनआरटीको समान १५ अंक छ ।
नवौं स्थानको फ्रेन्ड्स क्लबको १४, दशौं स्थानको च्यासल युथ क्लबको १२, एघारौं स्थानको हिमालयन शेर्पा क्लबको १०, बाह्रौं स्थानको ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को ८, तेह्रौं स्थानको सशस्त्र प्रहरीको ५ तथा पुछारको सरस्वती युथ क्लबको ४ अंक छ ।
सोमबार तीन खेल
लिगअन्तर्गत् सोमबार १२औं चरणका तीन खेलहरु हुनेछन् । एन्फा कम्प्लेक्सको मैदानमा बिहान पौने ९ बजे सशस्त्रले फ्रेन्ड्ससित, सवा १२ बजे सरस्वतीले च्यासलसित तथा साढे ३ बजे मच्छिन्द्रले संकटा क्लबसित खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्