Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


फर्किने बढे, भित्रिँदै कोरोना


338
Shares

काठमाडौं । छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्। पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको गड्डाचौकी नाका भएर घर फर्केका नेपालीमा सीमा नाकामा चेकजाँच गर्दा व्यापक रूपमा कोभिड संक्रमण भेटिएको हो।

पछिल्ला दिनमा, भारतीय सीमा बजारमा किनमेल गर्न जानेमा पनि कोभिड संक्रमण भेटिन थालेपछि सीमामा कडाइ गर्नुपर्ने स्थिति देखिएको छ। तर, सीमा नाकामा नेपालको पर्याप्त सुरक्षा चेकजाँच र सतर्कता देखिएको छैन। यसबाट, कुनै पनि बेला मुलुकमा भयावह अवस्था नआउला भन्न सकिन्न।

दैनिक रूपमा हजारौंले नेपाल–भारत सीमा ओहोरदोहोर गर्छन्। तर, सबैको परीक्षण हुन सकेको छैन। चोर बाटोबाट ओहोरदोहोर गर्नेको संख्या पनि उत्तिकै छ। त्यसैले सीमामा हुने यिनै लापरबाहीले संक्रमितको संख्या ह्वात्तै बढेको छ।

दिनदिनै बढ्दै संक्रमित
सुदूरपश्चिममा पछिल्लो ६ दिनमा ६ सय ६८ जनामा कोरोना संक्रमण भेटिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पुस २० गते यता भारतबाट स्वदेश फर्किरहेका नेपालीमा कोरोना बढी देखिन थालेको हो। कञ्चनपुरको गड्डाचौकी र कैलालीसँग सीमाना जोडिएको गौरीफन्टा नाकामा गरिएको एन्टिजेन परीक्षणमा भारतबाट आउने नेपालीमा कोरोना देखिएको हो।

अन्नपूर्ण