Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कोरोना संक्रमणको जोखिम बढ्दै


247
Shares

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा विश्वभरि नै फैलिरहेको छ । नेपालमा पनि थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै स्वास्थ्यकर्मीहरूले सचेत हुन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले समेत सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । अक्सिजन सिलिन्डर भरेर राख्नसमेत भनेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ सय ६८ जना कोभिड संक्रमित थपिएको छ । काठमाडौंमा मात्र ३ सय ७८ जना संक्रमित थपिएका छन् । दिनदिनै संक्रमित हुनेको संख्या वृद्धि भइरहेको छ । त्यसैगरी, ओमिक्रोन संक्रमणको संख्यासमेत वृद्धि भएसँगै विशेषज्ञहरूले सचेत हुन आग्रह गरेका छन् । भारतमा ओमिक्रोन संक्रमितको संख्या दिनानुदिन वृद्धि भएसँगै नेपालमा पनि यसको फैलावट हुने चिन्ता बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक जिन सिक्वेन्सिङ गरेका सबै २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

यसअघि तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । जिन सिक्वेन्सिङ गरेका सबैमा ओमिक्रोन पुष्टि भएपछि मन्त्रालयले कतै यो समुदायमा फैलिसकेको त छैन भन्ने चिन्ता लिएको छ । एसजिन स्क्रिनिङ गरेका २४ वटै नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि नेपालमा तीव्र रूपमा ओमिक्रोन फैलिन सक्ने आशंका छ । दैनिक पहिचान भएका संक्रमित चारमध्ये एक जनामा ओमिक्रोन भेरियन्ल्ट हुन सक्ने अनुमान छ । नेपालमा ओमिक्रोन संक्रमण देखिएका व्यक्ति कहाँका हुन् र कुन देशबाट आएका हुन् भन्ने सार्वजनिक गरिएको छैन ।

समुदायमा फैलिसकेको त छैन ? भन्ने चिन्ता आमनागरिकले गर्न थालेका छन् । कतिपय विज्ञहरूले यसले जोखिम ठूलो नहुने भए होसियार हुन र नआत्तिनसमेत आग्रह गरेका छन् । तथापि यसले नेपालमा कस्तो असर गर्छ भनेर अहिले नै अनुमान गर्न सकिने अवस्था छैन । सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले संक्रमण बढ्न सक्ने सम्भावना देखिएको बताएका छन् ।

राजधानी