Logo १४ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026


इमेजकर्मी बल्ल मैंयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत


65
Shares

भक्तपुर । इमेजखबर डटकमका पत्रकार मोहन बल्ललाई स्वर्गीय मैंयादेवी शिल्पकार स्मृति पत्रकारिकता पुरस्कारबाट सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २५ औं स्थापना दिवसको अवसरमा आज बल्ललाई सो पुरस्कारबाट सम्मान गरिएको हो । बल्ललाई २ हजार ५ सय रुपैयाँ नगद र सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो ।उक्त कार्यक्रममा सम्मानित पत्रकार बल्लले आफूले पाएको नगद पुरस्कारको रकम शाखाको भवन निमार्णका लागि महासंघलाई हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी, सोही कार्यक्रममा पत्रकार बाबुकाजी साछेँ श्रेष्ठलाई नगद १० हजार राशी रहेको स्वर्गीय भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।सम्मानित हुने पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, केन्द्रीय सचिव नारायण किलम्बु तथा पुरस्कारका संस्थापकहरूले सम्मान गर्नुभएको थियो ।

Skip This