अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी, १२ जनाको मृत्यु « Image Khabar


अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी, १२ जनाको मृत्यु


143
Shares

एजेन्सी । अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ ।

आगलागीमा २ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । २६ जना मानिस बस्दै आएको उक्त भवनमा रहेका ८ जना भने बाच्न सफल भएका छन् ।

आगलागीको समयमा बज्ने संकेत घडीले काम नगरेपछि आगो नियन्त्रणमा ढिलाइृ भएको थियो ।

जसका कारण ठूला मानविय क्षति भएको बुझिएको छ । बिद्युत शर्ट भई आगलागी भएकोे अनुमान गरिएतापनि घटनाबारे अनुसन्धान भइरहेको छ ।

आगलागीका कराण भवन पुरै रुपमा ध्वस्त भएको छ ।