एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा « Image Khabar


एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा


104
Shares

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

एएफसीले सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल समूह ‘बी’ मा परेको हो ।

सेन्ट्रल र साउथ जोन अन्तर्गत नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् । छनोट किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुनेछ ।

छनोटका लागि बन्द प्रशिक्षणका लागि ३२ खेलाडी डाकिएको छ । फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरेको हो ।

पोखरामा आयोजना भएको ए डिभिजन फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको हो ।