सोलु दूधकुण्डका एक हजार घरलाई निःशुल्क विद्युतीय चुल्हो वितरण « Image Khabar


सोलु दूधकुण्डका एक हजार घरलाई निःशुल्क विद्युतीय चुल्हो वितरण


130
Shares

सोलुखुम्बु, पुष २२ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाका करिब एक हजार घरलाई विद्युतीय निःशुल्क चुल्हो वितरण सुरु गरिएको छ ।

सोलुदूधकुण्ड नगरपालिकाको पहलमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले चुल्हो उपलब्ध गराएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो ।

तिङलाको ९९ प्रतिशत घरमा विद्युतको पहुँच पुगेको र दाउरा तथा ग्यासको खपत कम गर्दै विद्युतको प्रयोग बढाउनका लागि यसले सहयोग पुग्ने मेयर शेर्पाको भनाई छ । तिङ्ला क्षेत्रबाट जनप्रतिनिधि निर्वाचित नभएको भएतापनि शिक्षा, स्वास्थ्य, सडक, विद्युत लगायतका पुर्वाधारमा उल्लेखनीय काम भएको मेयर शेर्पाको दाबी छ ।

निःशुल्क वितरण गरिएको चुल्हो १८ देखि २० हजार रुपियाँ पर्ने पर्छ । सोलुदुधकुण्ड नगर पालिकाका उपमेयर कल्पना राईले समयक्रम अनुसार प्रविधिको पनि प्रयोग गर्दै जानुपर्ने भन्दै सुरक्षित र सजग भएर विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गर्नुभयो ।

चुल्हो पाएपछि स्थानीय नागरिकले खुसी व्यक्त गरेका छन् । तिङ्लाका स्थानीय अमरबहादुर मगर चुल्हो पाएपछि खुसी हुँदै ग्यास र दाउराको झन्झटबाट मुक्त भएको बताउनुभयो । विद्युतीय चुल्हो पाएपछि ग्यास र दाउराको झन्झट हटेकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् ।