२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


थ्रीस्टार तेस्रो, पुलिस पाँचौं स्थानमा


0
Shares

काठमाडौं, माघ २४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत् शुक्रबारका खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई र थ्रीस्टारले संकटा क्लबलाई समान १–० ले हराएको हो ।

गोलकर्ता

पुलिसलाई जिताउन भरत शाहले खेलको २८औं मिनेटमा निर्णायक गोल गरे ।

त्यसैगरी, थ्रीस्टारलाई जिताउन खेलको ६१औं मिनेटमा अनन्त तामाङले निर्णायक गोल गरे ।

अंकतालिका

यी खेलपछि लिगको अंकतालिकामा त्रिभुवन आर्मी क्लब ११ खेलबाट २६ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

समान खेलबाटै मच्छिन्द्र क्लब २५ अंकसहित दोस्रो स्थानमा रहँदा थ्रीस्टार २० अंकसहित तेस्रो स्थानमा पुगेको छ ।

एक खेल कम खेलेको मनाङ–मर्स्याङ्दी क्लब १९ अंकसहित चौथो स्थानमा छ । पुलिस १७ अंकसहित पाँचौं स्थानमा पुगेको छ ।

संकटा, जावलाखेल युथ क्लब र न्यूरोड टिम (एनआरटी)को समान १५ अंक छ ।

१४ अंकको फ्रेन्ड्स क्लब नवौं स्थानमा रहँदा १२ अंकसहित च्यासल युथ क्लब दशौं स्थानमा छ ।

एघारौं स्थानको बीबीसीको ८, बाह्रौं स्थानको हिमालयन शेर्पा क्लबको ७, तेह्रौं स्थानको सशस्त्र प्रहरीको एपीएफ क्लबको ५ तथा पुछारको सरस्वती युथ क्लबको ४ अंक छ ।

शनिबारका खेल

लिगअन्तर्गत् शनिबार पनि दुई खेल हुनेछन् । बिहान साढे ११ बजे हिमालयनले च्यासलसित तथा दिउँसो ३ बजे मनाङले एनआरटीसित खेल्नेछ ।