Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


खोप नलिएका मानिस ओमिक्रोनको जोखिममा


221
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिस ओमिक्रोन प्रजातिबाट जोखिममा पर्न सक्ने चिकित्सकले औंल्याएका छन्।

हाल अमेरिका, भारतलगायतका मुलुकमा तीव्र गतिमा फैलिएको ओमिक्रोनबाट नेपालमा पनि एक दर्जनजति संक्रमित भइसकेका छन्।

यस्तो अवस्थामा खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिसले ओमिक्रोनको जोखिमबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गरी सजगता अपनाउनुुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुनले बताएका छन्।

नेपालसँग सीमा जोडिएका भारतका विभिन्न राज्यमा ओमिक्रोनको संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै कोभिड अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउने, कन्ट्याक्ट टेसिङलाई प्रभावकारी बनाउनेजस्ता काम पनि सुरु गरिसकेको जनाएको छ। सीमा नाकाहरूमा हेल्थ डेस्क स्थापना गरी परीक्षण गर्ने र निगरानी बढाउने कार्यलाई पनि निरन्तरता दिइएको जानकारी मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले दिइन्।

नागरिक