Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


‘कोरोनाभाइरस’को संक्रमणबाट ६३० जनाको मृत्यु


0
Shares

बेइजिङ, माघ २४ । डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखापरेको नयाँ ‘कोरोनाभाइरस’ले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ ।

संक्रमण विश्वभर फैलिएको भएपनि यो चीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोनाभाइरसको संक्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् ।

चिनियाँ मुख्य भूमिबाहिर विभिन्न ३० स्थानमा करिब २४० व्यक्तिमा कोरोनाभाइरसको संक्रमण भएको बताइएको छ ।

अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोनाभाइरसको संक्रमण सबैभन्दा बढी हुनेमा क्रुज जहाज, डाइमन्ड प्रिन्सेसमा ६१ जना रहेका छन् भने सिंगापुरमा ३०, जापानमा २५, थाइल्यान्डमा २५, हङकङमा (मृत्यु भएका एक व्यक्तिसहित) २४, दक्षिण कोरियामा २३, ताइवानमा १६, अष्ट्रेलियामा १५, मलेसियामा १४ व्यक्तिमा संक्रमण भएको छ ।

त्यसैगरी, जर्मनीमा १३, संयुक्त राज्य अमेरिकामा १२, भियतनाममा १०, मकाउमा १०, फ्रान्समा ६, क्यानडामा पाँच, संयुक्त अरब इमिरेट्समा पाँच, बेलायतमा तीन, भारतमा तीन, फिलिपिन्समा (मृत्यु भएका एक व्यक्तिसहित) तीन व्यक्तिमा नयाँ कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

रूस र इटालीमा दुई/दुई व्यक्तिमा उक्त भाइरसको संक्रमण देखिएको छ । नेपाल, श्रीलंका, कम्बोडिया, फिनल्यान्ड, स्पेन, स्वीडेन, बेल्जियममा एक/एकजनामा नयाँ कोरोनाभाइरसको संक्रमण भेटिएको छ । रासस/एएफपी