१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


आणविक होडबाजी अन्त्य गर्ने राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरुको प्रतिवद्धता


117
Shares

एजेन्सी । आणविक शक्ति सम्पन्न पाँचवटा राष्ट्रले आणविक होडबाजी अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

रुसी राष्ट्रपति भवन क्रेमलिनले जारी गरेको विज्ञप्ति अनुसार प्रतिबद्धता जनाउने सबै देश राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । उनीहरुले रणनीतिक जोखिम घटाउने बाचा समेत गरेका छन् ।

सुरक्षित वातावरण सृजना गर्न सबै देशहरुसँग काम गर्न चाहेको उनीहरुको भनाइ छ । ‘आणविक युद्ध हुनु हुँदैन र यसलाई जित्न सकिँदैन भन्नेमा हामी दृढ छौं, बिज्ञप्तीमा उल्लेख छ ।