काठमाडौं । अहिले बालुवाटारको जग्गाको मूल्य प्रतिआना करिब एक करोड छ । ०६१ सालमा आनाको कम्तीमा पनि आठ आना जग्गाको ८० लाख रुपैयाँ हुनुपर्छ ।
तर, नेकपा नेता विष्णु पौडेलका छोरा नविनले जम्मा आठ लाखमा आठ आना जग्गा किनेको बयान दिएका छन् । अख्तियारलाई बयान दिँदै उनले भनेका छन्, “हाल म अष्ट्रेलियको राजधानी क्यानबेरामा बस्छु ।
मेरो नाममा बालुवाटारमा कुल आठ आना जग्गा छ । सो जग्गा मैले २९ पुस ०६१ मा तत्कालीन उमाकुमारी ढकाल्नी र माधवी सुवेदीबाट खरिद गरेको हुँ ।
प्रचलित कानुन बमोजिम जग्गा बिक्री गर्ने जग्गाधनी व्यक्तिका नाममा मालपोत कार्यालय डिल्लीबजारमा दर्ता स्रेस्ता कायम रहेको, कँहीकतैबाट रोक्का नभएको, र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने भनि एकिन गरेपछि मैले सो किनेको हुँ ।
प्रचलित कानुन बमोजिक रजिस्ट्रेसन लिखत पारित गरी लाग्ने राजस्व बुझाई चारलाख रुपैयाँमा खरिद गरेको हुँ ।
उक्त जग्गा सार्वजनिक सरकारी प्रकृतिको हो भन्ने कुरा अनुसन्धानका क्रममा मलाई जानकारी भएकाले सरकारी सार्वजनिक जग्गा भए त्यस्तो जग्गा पुनः नेपाल सरकारको नाममा कायम गर्नुपर्छ ।” नयाँ पत्रिका बाट ।










प्रतिक्रिया दिनुहोस्