
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई सर्वसम्मत रूपमा चयन गरेको छ । पार्टीको आठौं महाधिवेशन सकिएको भोलिपल्ट सोमबार ललितपुरमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले दाहाललाई अध्यक्ष बनाएको हो । दाहालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा कृष्णबहादुर महरा थिए ।
२०४६ सालमा नेकपा मसालको महामन्त्री नियुक्त भएयता दाहाल निरन्तर नेतृत्वमा रहँदै आएका छन् । २०४८ सालमा नेकपा (एकता केन्द्र) को महामन्त्री, २०५१ सालमा नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकमार्फत पार्टीको नाम परिवर्तन गर्दैै नेकपा (माओवादी) को महामन्त्री हुँदै उनी २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भएका थिए ।
२०६९ सालमा हेटौंडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष चयन भएका उनी २०७० मा विराटनगरमा भएको एकता महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका थिए। निरन्तर ३२ वर्षदेखि नेतृत्वमा रहेका दाहाल हालै सम्पन्न आठौं महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् । २६ वर्षदेखि माओवादीको नेतृत्व गरेका दाहाल पार्टीमा स्वघोषित अध्यक्ष बन्दै आएका छन् ।
पार्टीले लोकतान्त्रिक अभ्यासलाई स्वीकार गरे पनि उनले पार्टीभित्र जनवादी केन्द्रीयतालाई नै निरन्तरता दिँदै आएका छन् । पार्टी शान्तिप्रक्रियामा प्रवेशसँगै संसदीय प्रणालीलाई स्वीकार गरेका दाहालले खुला राजनीतिको डेढ दशकसम्म पनि पार्टीभित्र एकछत्र राज गर्दै आएका छन् ।
२६ वर्षदेखि माओवादीको नेतृत्व गरेका दाहाल पार्टीमा स्वघोषित अध्यक्ष बन्दै आएका छन् । पार्टीले लोकतान्त्रिक अभ्यासलाई स्वीकार गरे पनि उनले पार्टीभित्र जनवादी केन्द्रीयतालाई नै निरन्तरता दिँदै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्